भीड देखेपछि किन रिसाइहाल्छिन् जया बच्चन ? छोरी श्वेताले बताएकी थिइन् कारणः उनलाई क्लस्टेरोफोबिया नामको रोग छ
जया बच्चन ७३ वर्ष पुगेकी छिन् । ९ अप्रिल सन् १९४८ मा जबलपुरमा जन्मिएकी जयाले सन् १९७१ मा रिलिज भएको फिल्म ‘गुड्डी’ मार्फत् करियरको सुरुवात गरिन् । हुन त जया स–सानो कुरामा पनि भड्किने बताइन्छ । यो कुराको विषयमा उनकी छोरी श्वेता र छोरा अभिषेकले एक खुलासा गरेका थिए ।
जयालाई क्लस्टेरोफोबिकः
केही वर्ष अघि करन जौहारको च्याट शो ‘कफी पिद करन’ मा श्वेता र अभिषेक बच्चनले उनकी आमालाई क्लस्टेरोफोबिक नामको रोग भएको बताए । यो एउटा यस्तो मानसिक स्थिति हो जसमा मानिस अचानक भीड देखेर तनावमा हुने गर्छन् । कति पटक त उनीहरुलाई रिस उठ्छ कि त उनीहरु बेहोस पनि हुनसक्छन् । यस्तै अवस्था मानिसहरुलाई बजारमा भीडयुक्त वाहन वा लफ्टमा महसुस हुन्छ ।
श्वेताका अनुसार जया बच्चन भीड देखेर तनावमा हुन्छिन् । उनलाई कसैले धक्का दिएको वा छोएको मन पर्दैन । यसका साथै क्यामराको फ्ल्यास आँखामा पर्दा पनि उनलाई तनाव हुन्छ । यहाँ सम्म की अभिषेकले उनी आमा जया गएपछि मात्रै मिडियाको अगाडि हुन्छन् ।
जया बच्चनको यस्तो प्रकारको व्यवहारको भिडियो पनि सोसल मिडियामा छ । जसमा उनी भड्किएको स्पष्ट रुपमा देख्न सकिन्छ । यतिमात्रै होइन, कतिपटक त जया बच्चन मिडियाको अगाडि पनि भड्किइसकेकी छिन् । यसै कारण जया बच्चन धेरैजसो आफ्नो परिवारसँग आउँदा क्यामराको अगाडि पोज दिन खासै रुचाउँछिनन् ।
एक व्यक्तिले फोटो खिच्दा भड्किइन् जयाः
केही समय अघि जया बच्चन करन जौहरकी आमा हिरु जौहरको जन्मदिनको पार्टीमा पुगेकी थिइन् । होटल हक्कासनमा भएको लञ्च पार्टीपछि जया बच्चन बाहिर निस्कँदा त्यहाँ भएका एक व्यक्तिले उनको फोटो खिच्न थाले । यो देखेपछि जया ती व्यक्तिमाथि भड्किइन् ।
जयाले उनलाई रिसमा भनिन्, ‘यता आउ, मोबाइलबाट किन फोटो खिचिरहेको छौ ? फोटो खिच्नु अघि तपाईंले मलाई सोध्नु पर्दैन ? ’ जयाको रिस देखेर ती व्यक्ति सुरुमा त डराए तर केही बेरपछि उनी मुस्कुराउँदै त्यहाँबाट निस्किए । त्यसपछि जया त्यहाँ वरिपरिका मानिसरुमाथि पनि बर्बराउन थालिन् ।
फोटोग्राफरमाथि पनि भड्किइसकेी छिन् जया बच्चनः
एकपटक कुनै पार्टीका बेला जया र ऐश्वर्या सँगै पुगेका थिए । त्यतिबेला कुनै फोटोग्राफरले ऐश्वर्या रायलाई ‘ऐश ऐश’ भनेर बोलाए । यसमाथि जया ती फोटोग्राफरमाथि भड्किइन् र भनिन्, ‘के ऐश ऐश भनेर बोलाइरहेको ? ऐश्वर्या जी वा मिसेज बच्चन भन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण