कन्काईमा नोबेलको तीन दिने स्वास्थ्य शिविर
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको कन्काई नगरपालिकाका दुई स्थानमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कन्काई–७ दुर्गापुरमा दुई दिन र कन्काई–३ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
रोटरी क्लब अफ सुरुङ्गासँग सहकार्य गरी मङ्गलबार कन्काई–३ स्थित पशुपति बोर्डिङ स्कूलमा सञ्चालित शिविरमा ९ सय ८४ जनाको निःशुल्क उपचार गरिएको छ । शिविरमा २ सय ३ जनाको ल्याब टेष्ट, १ सय ९८ जनाको भिडियो एक्सरे र १ सय ७८ जनाको इसीजी गरिएको छ ।
यता कन्काई–७ दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयमा बुधबार र बिहीबार दुई दिन सञ्चालित शिविरबाट २ हजार ३६ जना बिरामी लाभान्वित भएका हुन् । शिविरमा ३ सय ५२ जनाको इसीजी, ३ सय ३ जनाको ल्याब टेष्ट र ४ सय १३ जनाको भिडियो एक्सरे गरिएको छ । दुई स्थानमा तीन दिन सञ्चालित शिविरमा ३ हजार २० जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण