श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
काठमाडौं । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा इसाई (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको छ । महासङ्घका महासचिव अम्बर परियार नेतृत्वको टोलीले आज पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदिप ढकाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ । सर्वोच्च अदालतको २०६८ जेठ १ गतेको परमादेश विपरीत पशुपतिनाथको वन क्षेत्रमा इसाई (क्रिश्चियन) धर्मावलम्बीले शव गाड्ने र पक्की चिहान बनाउने कार्य गरिरहेको हुँदा यस्ता गतिविधि तत्काल रोक्न महासङ्घले माग गरेको हो ।
‘नेपालका मौलिक धार्मिक सम्प्रदायमाथि एकपछि अर्को विदेशी विधर्मी आक्रमण भइरहेको अवस्थामा पशुपति जस्तो हिन्दूहरूको आस्थाको केन्द्रमा चिहान बन्नु हाम्रो धर्ममाथिको आक्रमणको रुपमा लिएका छौँ, कोषले यसलाई तत्काल नरोके कडा कदम चाल्न बाध्य हुने छौँ’, ज्ञापनपत्रमा उल्लेख छ ।
यसअघि संसदीय अनुगमन समितिले पशुपति क्षेत्रको अनुगमनका क्रममा सांस्कृतिक सम्पदामाथिको अतिक्रमण रोक्न सरोकार भएका निकायलाई निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण