आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद बैठक : तत्काल कुनै पनि क्षेत्र बन्द नहुने

सोमबार, ३० चैत २०७७, २३ : ३०
सोमबार, ३० चैत २०७७

काठमाडौं । सरकारले कोरोना संक्रमणको परिस्थिति हेरेर मात्र लकडाउन र शैक्षिक संस्था बन्दको निर्णय लिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मुलुकमा कोरोना संक्रमणको दोश्रो लहर फैलिएको ठहर गर्दै स्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने र परिस्थिति हेरेर मात्र निर्णय लिने निश्कर्ष निकालेको हो ।

बैठकले शनिबार कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल गरेको थियो ।  तर, बैठकले तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्ष निकाल्न नसकेको स्रोतले बताएको छ । सीसीएमसीले कोरोना संक्रमण बढेको भन्दै शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो । सीसीएमसीको सो प्रस्ताव लगत्तै सरकारले सरोकारवाला निकायहरुसँग समेत छलफल गरेको थियो ।

प्याब्सन लगायतका संघ संगठनहरुले भने जनस्वास्थ्यका मापदण्डलाई जारी गरेर विद्यालय खोल्नुपर्नेमा जोड दिँदै आएका छन् । सोमबार मात्रै मुलुकमा ५०० भन्दा बढी संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप