आईपीएलमा चम्किए सञ्जु सामसन, शतकीय इनिङ खेले पनि हार भने टरेन
एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले उत्कृष्ट प्रदर्शन गरेका छन् । सोमबार राति सम्पन्न पञ्जावविरुद्धको खेलमा उनले विस्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपनि टीमको हार भने टार्न सकेनन् ।
निकै रोमाञ्चक खेलमा पञ्जाब किंग्सले ४ रनको रोमाञ्चक जित निकालेको छ । खेलमा अन्तिम ओभरको एक बल बाँकी रहँदा जितका लागि राजस्थानलाई ५ रनको आवश्यकता थियो तर अन्तिम बल त्यसै खेर गयो र नतिजा पञ्जावको पक्षमा पुग्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सञ्जुले ७ छक्का र १२ चौकासहित ११९ रनको योगदान दिए । उनले ६३ बलको सामना गरेका थिए । कप्तानको रुपमा उनले पहिलो खेलमै सतकीय इनिङ खेलेका हन् । मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पञ्जाबले राजस्थान रोयल्ससामु २ सय २१ रनको विशाल प्रस्तुत गरेको थियो । २० ओभरमा ६ विकेटको क्षतिमा पञ्जाबले २ सय २१ रन बनाएको थियो ।
पञ्जाबका लागि कप्तान केएल राहुले सर्वाधिक ९१ रनको योगदान दिए । निकै विष्फोटक ब्याटिङ गरेका उनले ५० बलमा ७ चौका र ५ छक्का हिर्काए । त्यस्तै, सन्दीप हुड्डाले २८ बलमा ६४ रनको धुँवादार पारी खेले । उनले ६ छक्का र ४ चौका हिर्काए । क्रिस गेलले २८ बलमा ४० रन बनाए । राजस्थानका लागि चेतक सकारियाले ३ विकेट लिए । यस सिजनका सबैभन्दा महँगो खेलाडी क्रिस मोरिसले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण