खोलामा डुबेर २ बालकको मृत्यु
मङ्गलबार, ३१ चैत २०७७, १८ : ४७
गुल्मी । गुल्मीमा खोलामा डुबेर २ बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ३ सिर्सेनीमा डुवेर २ बालकको मृत्यु भएको हो । मदाने गाउँपालिका १ अग्लुङ घर भएका ५ वर्षीय सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ वर्षका गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा बालकको डुबेर ज्यान गएको हो । दुवै शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरिक्षक पाण्डेले जानकारी दिए । प्युठान गौमुखी गाउँपालिका ५ खुँगकी बिष्णु विकका छोरा गोविन्द सहित सोमबार मात्रै सिर्सेनी माइती घर आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण