सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

खोलामा डुबेर २ बालकको मृत्यु

मङ्गलबार, ३१ चैत २०७७, १८ : ४७
मङ्गलबार, ३१ चैत २०७७

गुल्मी । गुल्मीमा खोलामा डुबेर २ बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ३ सिर्सेनीमा डुवेर २ बालकको मृत्यु  भएको  हो । मदाने गाउँपालिका १ अग्लुङ  घर भएका ५ वर्षीय सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ वर्षका गोविन्द विकको मृत्यु भएको   जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा बालकको डुबेर ज्यान गएको हो । दुवै शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरिक्षक पाण्डेले जानकारी दिए । प्युठान गौमुखी गाउँपालिका ५ खुँगकी बिष्णु विकका  छोरा गोविन्द सहित सोमबार मात्रै सिर्सेनी माइती  घर आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप