भारतमा २४ घण्टामा हालसम्मकै सर्वाधिक संक्रमित भेटिए, तीन दिन भित्रै ५ लाखभन्दा बढी पोजेटिभ केस
भारतमा कोरोनाभाइरस संक्रमणको आँकडा तीब्र रुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा पहिलो पटक १ लाख ८५ हजार १०४ नयाँ संक्रमित भेटिए । यसका साथै, यो अवधिमा ८२,२३१ जना निको भए भने १०२६ को मृत्यु भएको छ । यसअघि ११ अप्रिलमा सर्वाधिक १.६९ लाख नयाँ बिरामी भेटिएका थिए । १२ अप्रिलमा पनि पोजेटिभ बिरामीको आँकडा १.६० लाख पार भएको थियो । यो आँकडालाई हेर्ने हो भने पछिल्लो तीन दिनमा मात्रै भारतमा नयाँ बिरामीको संख्या करिब ५ लाखको आँकडा पार भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशमा मुख्यमन्त्री कार्यालयका थुप्रै अधिकारी र कर्मचारी कोरोना पोजेटिभ भेटिएका छन् । त्यसपछि मुख्यमन्त्री योगी आदित्यनाथले आफूलाई आइसोलेट गरेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशव्यापी खोप उत्सवको तेस्रो दिन मंगलबार करिब ४० लाख मानिसहरुलाई भ्याक्सिनको डोज दिइयो । यसरी हालसम्म कूल ११.४३ करोडभन्दा बढीलाई भ्याक्सिन दिइसकिएको छ । यसअघि सोमबार ३७ लाख ६३ हजार ८५८ मानिसहरुलाई खोप दिइएको थियो ।
भारतको राजधानी दिल्लीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारसँग सीबीएसईको १० र १२ को परीक्षा रद्द गर्नुपर्ने माग गरेका छन् । उनले देशभरी संक्रमण तीब्र रुपमा बढिरहेका कारण परीक्षा गर्नु अत्यधिक खतरा हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण