‘खैरे’का लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)
कुकुरको हत्या गरेको विरोधमा राजधानीमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बुधबार राजधानीको माइतीघरमा भेला भएका पशु अधिकारकर्मीहरुले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
विभिन्न नारा अंकित प्लेकार्डसहित भेला भएका उनीहरुले ‘खैरे’ नामको सो कुकुरको विभत्स हत्याको कडा शब्दमा विरोध गर्दै पशु अधिकारको रक्षा गर्न माग गरे ।
केही दिनअघि काभ्रेको धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेका थिए । बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या गरेको भाइरल भिडियोमा देखिन्छ ।
८ वर्षको बालकलाई टोकेपछि उनका आफन्तले कुकुर मारेको भनिएको छ । चैत २९ मा जनावर प्रेमी सिर्जना पञ्जियार सहिको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मार्नेलाई कारवाही गर्नका लागी प्रहरीमा उजुरी दिएका छन् ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण