अन्धाधुन्ध गोली चलाएर बन्दूकधारीले गरे आत्महत्या
शुक्रबार, ०३ वैशाख २०७८, १३ : ०८
एजेन्सी । अमेरिकाको इन्डियाना पोलिसस्थित एक केन्द्रमा बिहीबार राति अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले आत्महत्या गरेका छन् । इन्डियाना पोलिसका पुलिस प्रवक्ता जिनी कुकका अनुसार पुलिस घटनास्थलमा पुग्दा गोली चलिरहेको थियो । कुकका अनुसार धेरै मानिसलाई गोली लागेको छ । यद्यपि, घाइतेको संख्या उनले खुलाएनन् ।
कुकका अनुसार बन्दुकधारीहरुले आत्महत्या गरिसकेका छन् र अब मानिसहरुलाई कुनै खतरा छैन । घटनाका एक साक्षीका अनुसार गोलीको आवाज निकै टाढासम्म सुनिएको थियो । अमेरिकाकै बिहीबार राति सान एन्टोनियो विमानस्थल बाहिर गोली चलाउने एक हमलाकारीलाई प्रहरीले मारेको छ । प्रहरी अधिकारीहरुका अनुसार ती बन्दुकधारीहरुले टेक्सासको उत्तरी भागस्थित हाइवेमा पनि गोली चलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण