अन्धाधुन्ध गोली चलाएर बन्दूकधारीले गरे आत्महत्या
शुक्रबार, ०३ वैशाख २०७८, १३ : ०८
एजेन्सी । अमेरिकाको इन्डियाना पोलिसस्थित एक केन्द्रमा बिहीबार राति अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले आत्महत्या गरेका छन् । इन्डियाना पोलिसका पुलिस प्रवक्ता जिनी कुकका अनुसार पुलिस घटनास्थलमा पुग्दा गोली चलिरहेको थियो । कुकका अनुसार धेरै मानिसलाई गोली लागेको छ । यद्यपि, घाइतेको संख्या उनले खुलाएनन् ।
कुकका अनुसार बन्दुकधारीहरुले आत्महत्या गरिसकेका छन् र अब मानिसहरुलाई कुनै खतरा छैन । घटनाका एक साक्षीका अनुसार गोलीको आवाज निकै टाढासम्म सुनिएको थियो । अमेरिकाकै बिहीबार राति सान एन्टोनियो विमानस्थल बाहिर गोली चलाउने एक हमलाकारीलाई प्रहरीले मारेको छ । प्रहरी अधिकारीहरुका अनुसार ती बन्दुकधारीहरुले टेक्सासको उत्तरी भागस्थित हाइवेमा पनि गोली चलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति तथा कार्यक्रम र बजेट आओस् : सांसद भुषाल
-
कोशी विवाद : सर्वोच्चले खोज्यो पाँच प्रश्नको उत्तर
-
जेठ १ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि कांग्रेसबाट अवरोध र नाराबाजी
-
ईपीएस : रोष्टर परिवर्तनका लागि साढे ३ हजारले आवेदन दिँदा ६९१ जना छनौटमा