दक्षिण अफगानिस्तानमा बम विस्फोट चार सर्वसाधारणको मृत्यु

एजेन्सी । अफगानिस्तानको कन्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार पुष्टि गरेको छ । मारिएका ती सर्वसाधारणमा तीन जना एकै परिवारका रहेका बताइएको छ । एक महिला र उनकै दुई बच्चाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
शाह वाली कोट जिल्लाको जर्ताली इलाकामा ती परिवारको गाडी बमसँग ठोक्किँदा उनीहरुको सवारीसाधन ध्वस्त भएको प्रहरी प्रवक्ता जमाल बराक्जाईले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । अफगानिस्तानमा आतङ्ककारीहरुले सुरक्षाबललाई लक्षित गर्दै गृह निर्मित बम सडक किनारमा विस्फोटन गराउँदै आएका छन् । यस्ता घातक हतियारहरुले सर्वसाधारणलाई पनि बारम्बार हानी पुर्याउँदै आएको छ ।
अफगानिस्तानमा सन् २०२० जारी सशस्त्र द्वन्द्वमा परी २ हजार ९५० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुको साथै ५ हजार ५४० भन्दा बढी घाइते भएका देशको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ ।
सन् २०२० मा भएका अर्को छुट्टै घटनाहरूमा ३३० जना महिला र ५६५ बालबालिकाको मृत्यु भएको सो आयोग थप जानकारी दिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...
-
विकल पौडेललगायतविरूद्ध सर्वोच्च पुग्यो अख्तियार
-
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन
-
आयोगले दुई खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलायो
-
अनेरास्ववियुका नवनिर्वाचित अध्यक्षलाई प्रश्न– तपाईंसँग शिक्षामा सुधार गर्ने कुन क्याप्सुल छ ? (भिडियोसहित)
-
नक्कली प्रमाणपत्रधारी सव–इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर