काँग्रेसद्वारा रामपुर घटनाको निन्दा
काठमाडौं । नेपाली काँग्रेसले रामपुर कृषि तथा वन विश्वविद्यालय चितवनमा आज नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि साङ्घातिक हमला भएको भन्दै सो घटनाको निन्दा र भत्सर्ना गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत शान्तिपूर्ण विचार प्रकट गर्ने र ज्ञानको अनुसन्धान गर्ने चेतनाको केन्द्र शैक्षिक स्थलमा कोहीबाट पनि हुने हिंसात्मक बल प्रयोग कहिल्यै पनि क्षम्य हुन नसक्ने उल्लेख गरेका छन् ।
यस्तो प्रवृत्ति देशका जुनसुकै कुनामा आफ्ना निकटबाट होस् या अन्यबाट काँग्रेस नीतिगत रुपले नै त्यसका विरुद्ध सदैव उभिने उल्लेख गर्दै उनले घटनामा घाइते भएका विद्यार्थी नेता दिपेश बानियाँ र खेमराज उपाध्यायको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी गराएका छन् ।
सोनाम लामा र हिमाल आचार्यलगायतका विद्यार्थी पनि घाइते छन् । दोषीलाई पक्राउ गर्ने कार्य अझैसम्म नभएको उल्लेख गर्दै काँग्रेसले घटनाका दोषीलाई अविलम्ब गिरफ्तार गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण