नेपाल आयल निगममा ईआरपी प्रणाली सुरु
काठमाडौँ । नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली सुरु गरिएको छ ।
जुन प्रणालीबाट निगमका सम्पूूर्ण कारोबार तथा कामकारबाही अनलाइनमार्फत हुने जनाइएको छ ।
एकै ठाउँबाट सबै कारोबारको निरीक्षण तथा अनुुगमन गरी थप प्रभावकारी सेवा प्रवाहका लागि ईआरपी प्रणालीमा काम सुरु गरिएको निगमले जनाएको छ । ईआरपी प्रणाली सुरु गरेपछि पेट्रोलियम पदार्थको कारोबारमा भौतिक उपस्थिति नभई अनलाइनबाटै कारोबार हुनेछ ।
पेट्रोलियम पदार्थका व्यवसायीहरूलाई अनलाइनबाट पेट्रोलियम पदार्थको माग र भुक्तानीको सुविधा छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “एकीकृत कार्यप्रणालीमा जानेगरी सरकारले काम गर्न खोजिरहेको हुँदा निगमले पनि सोहीअनुसार आफ्ना कामहरूलाई व्यवस्थित र अझ प्रभावकारी बनाउन अनलाइन प्रणालीमा काम गर्न सुरु गरेका हौँ ।”
ईआरपी प्रणाली शुक्रबारदेखि परीक्षणका रूपमा निगमले सुरु गरेको छ । प्रवक्ता उपाध्यायको भनाइ छ, “अनलाइन प्रणालीमा हामी पहिलो पटक काम गर्दै छौँ । आज पनि केही कठिनाइ देखापरे, प्राविधिकहरूले काम गरिरहनुभएको छ । तीन महिना परीक्षण भएकाले जहाँ समस्या आउँछ त्यहाँ समाधान हुन्छ, परीक्षणपछि पूर्ण रूपमा कार्यान्वयन हुन्छ ।”
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका टोपबहादुरसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण