ओलीलाई सघाउने/नसघाउनेबारे जसपामा सांसदको कित्ताकाट हुँदै
जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ ।
संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन् । बाँकी ३२ सांसदमध्ये पूर्वराजपाबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन् । गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो ।
जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वसमाजवादीका केही सांसदले पूर्वराजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई साथ दिएका छन् । जसपामा यादव र ठाकुर दुवै अध्यक्ष छन् । ओलीसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले र कुनै पनि अवस्थामा ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गरेका छन् ।
पूर्वराजपा अध्यक्षमण्डलका ६ जनामध्ये महेन्द्र यादवले उपेन्द्रलाई साथ दिएका छन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीले भन्यो – पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण