अफगानिस्तानको मस्जिदमा एकै परिवारका आठ जनाको हत्या
आइतबार, ०५ वैशाख २०७८, १७ : ५३
जलालाबाद । अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीहरुले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या गरेका छन् । स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइ भतिज मारिएको जानकारी दिए ।
नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति उक्त घटना भएको पुष्टी गरे । अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ, र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ । मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ । यही क्रममा उक्त घटना भएको हो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयभन्दा २ घण्टा ढिलागरी प्रतिनिधिसभा बैठक सुरु
-
संसद्को बर्खे अधिवेशनको पहिलो संसद बैठक
-
टिकटकमा भाइरल वडाध्यक्ष मुकुन्द रिजालको सालिक अनावरण
-
लुम्बिनीमा बुद्ध जयन्तीको तयारी, प्रधानमन्त्रीलाई निमन्त्रणा
-
टी–२० विश्वकपअघि यस्तो छ अमेरिकामा नेपाली टोलीको कार्यतालिका
-
‘राष्ट्रिय सभामा प्रतिनिधि सभाको छाया पर्न खोजेको आभास भयो’