बाँकेमा बैशाख ९ बाट ’लकडाउन’ गर्न सिफारिस
बुटवल । कोभिड–१९ संक्रमितले दिनदिनै थपिँदै गएपछि बाँके जिल्लाका लकडाउन हुने भएको छ । बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
विगत एक हप्ताबाट हरेक दिन सयौँको संख्यामा संक्रमित थपिँदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गर्न बाध्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको समेत गरीएको छ ।
एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि बाँकेका सबै कोरोना बिशेष वार्डहरु भरिभराउ भएका छन् । बाँके नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि नै आइतवारदेखि विद्यालयहरु बन्द गर्ने निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण