१८ वर्षकी भइन् अजय–काजोलकी छोरी, ड्रेसिङ सेन्सले बनायो ट्रोलको शिकार
एजेन्सी । अजय देवगन र काजोलकी छोरी न्यासा १८ वर्षकी भइन् । अजय र काजोल दुबैले न्यासालाई सामाजिक सञ्जालमार्फत जन्मदिनको बधाई दिएका छन् । ‘प्यारी न्यासालाई जन्मदिनको बधाई । यस्तो तनावपूर्ण माहोलमा यस्तो सानो–सानो खुसीले राम्रो ब्रेक दिन्छ’ काजोलले लेखेकी छिन्,‘जब तिमी जन्मिएकी थियौं, म निकै नर्भस थिएँ । तिमीलाई हुर्काउनु स्कुलको परीक्षा सरह थियो । अब तिमी ठूलो भइसकेकी छौ । आफ्नो शक्तिको प्रयोग राम्रो कामका लागि गर्नु ।’
सिंगापुरमा पढ्छिन्
अजय र काजोलका दुुई बच्चा न्यासा र युग छन् । २० अप्रिलमा जन्मिएकी न्यासा सोशल मिडियामा निकै सक्रिय छिन् । न्यासाको सोच फिल्ममा अभिनय गर्नेतर्फ छैन । विश्वविख्यात सेफ बन्ने उनको सपना छ । स्वीमिङकी सौखिन न्यासा अहिले सिंगापुरमा पढ्छिन् ।
आफ्नो लुक्स र ड्रेसिङ सेन्सका कारण प्राय सामाजिक सञ्जालमा उनी ट्रोलिङको शिकार भएकी छिन् । यसबारे अजयले पनि एक पटक आफ्नो आक्रोश व्यक्त गरेका थिए । ‘ट्रोलिङबाट न्यासामात्रै नभएर पूरै परिवार प्रभावित हुन्छ । मलाई लाग्छ कि मानिसहरु कहिलेकाँही आफ्नो गरिमा भुलेर बकवास काम गर्छन् । यी कस्ता मानिस हुन्, जसका हर्कतको मूल्य हामीले चुकाइरहेका छौं । म पापाराजीहरुलाई आग्रह गर्छु कि उनीहरुले हाम्रा बच्चालाई एक्लै छाडुन् । अभिभावक प्राख्यात हुनुको मूल्य बच्चाले किन चुकाउने ? मलाई लाग्दैन कि कुनै पनि स्टारकिड पापाराजीदेखि खुसी हुन्छ । उनीहरुलाई आफ्नो स्पेस चाहिन्छ । उनीहरु हरेक समय तयार भएर घरबाट निस्कन चाहदैंनन्, यो निकै खराब कुरा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण