ओली–नेपाल भेटवार्ता : विष्ट भन्छन्, ‘कालो बादलमा चाँदीको घेरा भेटियो’
काठमाडौँ । लामो समयको संवादहीनता तोड्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बुधबार भएको भेटवार्ता 'कालो बादलमा चाँदीको घेरा भेटिएझैं' भएको पूर्वमन्त्री गोकर्ण विष्टले टिप्पणी गरेका छन् । सो भेटबाट पार्टी कार्यकर्तामा आशा पलाएको पनि विष्टको भनाइ छ ।
जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान सम्भव रहेको बताउँदै विष्टले अनुसार पार्टीको एकतालाई जोगाउन संकल्प गर्न अपिल समेत गरेका छन् ।

उनी लेख्छन्,
हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबिच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ ।
विलियम शेक्सपियरले भनेजस्तै - "जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ ।" जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान संभव छ । हेक्का राखौँ, समय र समुद्रको छालले कसैलाई पर्खँदैन ।
आज नेपाल कम्युनिस्ट पार्टीको ७२औँं स्थापना दिवस । हजारौँ योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गरौँ । आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौँ ।
हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबिच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा...
Posted by Gokarna Bista on Wednesday, April 21, 2021
ओली र नेता माधवकुमार नेपालबीच काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा छलफल चलेको थियाे । यसअघि गत कात्तिक २३ गते दुई नेताबीच एक्लाएक्लै छलफल भएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
