कतार एयरवेजद्वारा भाइरस र ब्याक्टेरिया निश्क्रिय पार्ने यूभी क्याबिन सिस्टम जडान
दोहा । कतार एयरवेज आफ्नो उडानमा स्वच्छता व्यवस्था सुधार गर्ने क्रममा हनिवेलको अल्ट्रा भायलेट (युभी) क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन्स बनेको छ ।
कतार उड्डयन सेवा(क्यूएएस)को स्वामित्व रहेको र उक्त सेवाद्वारा सञ्चालित हनिवेल युभी क्याबिन सिस्टमको सबैभन्दा नयाँ संस्करण यसको पूर्ववर्तीको तुलनामा थप सहजता वृद्धि गर्न, विश्वसनीयतामा सुधार ल्याउन, गतिशीलता बढाउन र यसको प्रयोगको सहजताका लागि जडान गरिएको एयरवेजले जनाएको छ ।
यस संस्करणमा एक हात वान्ड समावेश गरिएको छ जसले ककपीट र अन्य साना ठाउँहरूमा कीटाणु शोधन गर्दछ । बिना मोटर स्वचालित यस उपकरणले कम ब्याट्री खपत गर्दछ । क्लिनिकल परीक्षणहरूमा, यूभी लाइटलाई राम्रोसँग प्रयोग गर्दा यसले विभिन्न भाइरस र ब्याक्टेरिया निष्क्रिय पार्ने देखिएको छ ।
हनिवेल यूभी क्याबिन सिस्टम भी २को पछिल्लो संस्करण को १७ युनिटहरु प्राप्त गरे पछि, सबै कतार एयरवेजको विमानमा उक्त उपकरणहरूको व्यापक परीक्षण गरिएको एयरवेजले जनाएको छ । एयरलाइन्सले यस नयाँ उपकरणलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सबै विमानमा सञ्चालन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण