भारतमा लगातार चौथो दिन दैनिक ३ लाखभन्दा बढी नयाँ संक्रमित भेटिएः २,७६१ को ज्यान गयो
भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । यो समयमा २ लाख १५ हजार ८०३ मानिसहरुले कोरोनालाई मात पनि दिए ।
यस्तै, मृतकको आँकडाको कुरा गर्ने हो भने एक दिनमा २७६१ मानिसहरुको कोरोनाका कारण ज्यान गुमेको छ । सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ । यहाँ ६७६ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै दिल्लीमा ३५७ को मृत्यु भएको छ ।
सक्रिय संक्रमितको संख्या २६ लाख पारः
भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेकाहरुको संख्या २६ लाख पार भएको छ । हाल भारतमा २६ लाख ७४ हजार २८७ बिरामीको उपचार चलिरहेको छ । शुक्रबार सक्रिय संक्रमितको संख्यामा १ लाख ३० हजार १९९ वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण