अभिनेत्री गौरी मल्ल लेख्छिन्- ‘धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ?

काठमाडौंँ । २०७२ सालको विनाशकारी भूकम्प गएको आज ६ वर्ष पुगेको छ । महाभूकम्पको सम्झना अहिले विभिन्न कोणबाट भैरहेका छन् । भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुरानै स्वरुपमा आधुनिक सामग्री प्रयोग गरेर नयाँ निर्माण भएको छ । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार गरेका थिए ।
धरहरा पहिलेभन्दा झन् बलियो बनोटका साथ निर्माण भएकोमा सबै खुसी छन् । सबैको चिन्ताको विषय देश उठ्न नसकेकोमा रहेको छ । अभिनेत्री गौरी मल्लले पनि यस्तै चिन्ता गरेकी छन् । उनले सामाजिक सञ्जालमा धरहरा उठेको खुसी ब्यक्त गर्दै देश उठ्न नसकेकोमा चिन्ता राखेकी हुन् ।
‘धरहरा पटक–पटक ढल्यो र पटक–पटक उठ्यो पनि । लाग्छ यसपाली धरहराले बलियो बनोट पाएको छ । शानले पुनः एकपटक आफ्नो शिर ठाडो बनाउन सक्षम बन्यो’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘धरहरा त उठ्यो र पनि मेरो ओठमा गर्वको मुस्कान छैन ।’
उनले अगाडि केही प्रश्न समेत गरेकी छन् ‘धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीको पनि धरहराको जस्तै त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ?’ हरेक कोण–कोणबाट गिराइसकिएको मेरो देशले शानले फेरि कहिले शिर उठाउन पाउने..? धरहराले जस्तै..... ! ’ अभिनेत्री मल्ल अहिले फिल्म ‘डाँडापारीको बर पिपल’ अभिनयरत छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड कप भलिबल : पुलिसलाई सोझो सेटमा हराएर एपीएफ बन्यो च्याम्पियन
-
सरकारपिच्छेको कर आतङ्क विरुद्ध जस्तो सुकै सङ्घर्ष गर्न तयार छौँ : प्रभु साह
-
धुवाँको उडान र अस्तित्वको अमूर्त रूप
-
ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण पूरा
-
निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छ ः सभामुख घिमिरे
-
सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशविरुद्ध उजुरी आह्वान