सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशविरुद्ध उजुरी आह्वान

समाचार सारांश
- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस तीनै जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
- न्याय परिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई न्यायाधीशमा सिफारिस गरेको थियो।
- समितिले १० दिनभित्र उजुरीमाथि छानबिन गरी अनुमोदन गर्नेछ, त्यसपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन्।
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ३ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शनिबार बसेको समिति बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका तीनै जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रस्तावित सर्वोच्च अदालतका तीनै जना न्यायाधीशको सुनुवाइका लागि उजुरी आह्वान गरिएको समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिए ।
समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्नेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरू राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
बैठकमा समिति सदस्यहरूले न्यायपरिषद्का सिफारिस समावेशी नभएको भन्दै आपत्ति जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला यो हप्ता तपाईँको ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
लोक सेवा आयोगले आज हिरक महोत्सव मनाउँदै
-
‘इरान लामो र तीव्र युद्धका लागि तयार छ’
-
इजरायलले गर्यो इरानी रक्षा मन्त्रालयमाथि आक्रमण
-
इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द
-
शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी