महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण
_RNs563qsSO.jpg)
समाचार सारांश
- विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कुटी काट्ने मेसिन वितरण गरेको छ।
- कार्यक्रममा कार्यवाहक मेयर शिल्पा निराला कार्की लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो र २२ वटा च्याप कटर हस्तान्तरण गरियो।
- विराटनगरका विभिन्न वडाहरूका पशुपालक कृषक समूहलाई मेसिन वितरण गरिएको छ, जसको एउटाको मूल्य ३३ हजार रुपैयाँ पर्छ।
विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण गरेको छ । कृषकहरूलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए ।
कार्यक्रममा कार्यवाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपक्षी शाखा संयोजक हीरालाल यादवलगायतले कृषक समूहलाई च्याप कटर हस्तान्तरण गरेका थिए ।
महानगरपालिकामा दर्ता भएका पशुपालक कृषक समूहलाई २२ थान च्याप कटर हस्तान्तरण गरिएको संयोजक यादवले जानकारी गराए । एउटा च्याप कटरको ३३ हजार रुपैयाँ पर्दछ । विराटनगर ३, ४, ६, १२, १८, १९ लगायतका वडाका पशुपालक कृषक समूहले च्याप कटर प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इरान लामो र तीव्र युद्धका लागि तयार छ’
-
इजरायलले गर्यो इरानी रक्षा मन्त्रालयमाथि आक्रमण
-
इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द
-
शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी
-
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति
-
इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते