आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

सुनको सिक्री चोरी गरेको आरोपमा एक किशोर पक्राउ

शनिबार, ३१ जेठ २०८२, १३ : २८
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • उदयपुरमा सुनको सिक्री चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।
  • शनिबार चौदण्डीगढी नगरपालिकामा दुई महिलाको सिक्री लुटेर भाग्दै गर्दा १९ वर्षीय सचिन राजपूत पक्राउ परे।
  • पक्राउ परेका किशोर पर्साको वीरगन्ज महानगरपालिकाका हुन् र उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ।

काठमाडौँ । उदयपुरमा सुनको सिक्री चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । शनिबार बिहान जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजारमा सोही स्थानमा बस्ने दुई महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा पर्साका १९ वर्षीय सचिन राजपूत पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सचिन महिलाले लगाएका १० र १२ आनाका दुई वटा सिक्री थुतेर भागेका थिए ।  प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले उनलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । राजपूत पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २० का स्थायी बासिन्दा हुन् । 

उनलाई इलाका प्रहरी कार्यालय बेल्टारमा  राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप