सुनको सिक्री चोरी गरेको आरोपमा एक किशोर पक्राउ
शनिबार, ३१ जेठ २०८२, १३ : २८
सारांश
- उदयपुरमा सुनको सिक्री चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।
- शनिबार चौदण्डीगढी नगरपालिकामा दुई महिलाको सिक्री लुटेर भाग्दै गर्दा १९ वर्षीय सचिन राजपूत पक्राउ परे।
- पक्राउ परेका किशोर पर्साको वीरगन्ज महानगरपालिकाका हुन् र उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ।
काठमाडौँ । उदयपुरमा सुनको सिक्री चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । शनिबार बिहान जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजारमा सोही स्थानमा बस्ने दुई महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा पर्साका १९ वर्षीय सचिन राजपूत पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार सचिन महिलाले लगाएका १० र १२ आनाका दुई वटा सिक्री थुतेर भागेका थिए । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले उनलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । राजपूत पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २० का स्थायी बासिन्दा हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण