होस्टेलमा किशोरीको मृत्यु प्रकरण : विद्यालयले १० लाख क्षतिपूर्ति दिने
रुपन्देहीको तिलोत्तमा–१ नयाँ मिलमा रहेको प्यारामन्ट बोर्डिङ हाई स्कूलको होस्टलमा गत शनिबार ज्यान गुमाएकी छात्राको परिवारलाई विद्यालयले १० लाख क्षतिपूर्ति दिने भएको छ । ज्यान गुमाउने १५ वर्षीया प्रतिभा सापकोटा गुल्मीको चन्द्रकोट गाउँपालिका–८ साबिक तुराङ्ग गाबिसको धुर्मु घर भएकी कक्षा १० मा अध्ययनरत थिइन् ।
बोर्डिङका सह–प्रिन्सिपललिलाधर किरातेका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले सापकोटा होस्टेलमा नै थिइन् । उनको छाती दुख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर घर पठाइएको तर उपचारका क्रममा मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो । क्रिमशन अस्पतालले सापकोटाको बाटोमा नै मृत्यु भएको बताएको थियो ।
विद्यालयको लापरबाहीका कारण सापकोटाको निधन भएको उनको परिवारको आरोप छ । सापकोटाका ठूलो बुवा दधिराम सापकोटाले आइतबार राति १२ बजेसम्म भएको छलफलमा विद्यालयले लापरबाही स्विकार गर्दै १० लाख तिर्न र विद्यालय हाताभित्र उनको शालिक स्थापना गर्न सहमत भएको जानकारी दिए ।
सो रकमबाट मृतक प्रतिभाको गाउँ गुल्मी तुराङ्गस्थित विद्यालयको शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गरिने उनको परिवारले जानकारी दिएका छ ।
दधिराम सापकोटाका अनुसार एसईई परीक्षाको तयारीका लागि भन्दै प्रतिभासहित ६ जना छात्राहरुलाई दुई महिनाअघिदेखि होस्टलमा राखिएको थियो ।
प्रतिभाको मृत्यु भए लगतै प्रिन्सिपल दामोदर भुसाललाई भगाइएको थियो । राति बोर्डिङका अध्यक्ष पूर्णबहादुर सापकोटासहितको टोली छलफलमा बसेर गल्ती स्वीकार गरेको सापकोटाले बताए ।
प्रतिभाका बाबु डोलनाथ सापकोटा र लक्ष्मी सापकोटा जापानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण