आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दाङमा ९ दिन लकडाउन घोषणा

मङ्गलबार, १४ वैशाख २०७८, १७ : ४२
मङ्गलबार, १४ वैशाख २०७८

दाङ । दाङ जिल्लामा वैशाख १७ देखि ९ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले  वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट प्राप्त सुझावका आधारमा लकडाउनसम्बन्धी निर्णय भएको प्रशासन स्रोतले जनाएको छ ।

१७ गते बिहान ६ बजेदेखि सुरु हुने जिल्लाव्यापी लकडाउन २५ गते बेलुका ६ बजेसम्म कायम रहने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घराज पौडेलले जानकारी दिए । अत्यावश्यक वस्तुका लागि बिहान ७ देखि ८ बजेसम्म मात्र पसल खोलिने उनले बताए ।

राजमार्गमा लामो दूरीका सवारी साधन सञ्चालन हुने भए जिल्लाभरका अन्य सबै सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप