दाङमा ९ दिन लकडाउन घोषणा
मङ्गलबार, १४ वैशाख २०७८, १७ : ४२
दाङ । दाङ जिल्लामा वैशाख १७ देखि ९ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट प्राप्त सुझावका आधारमा लकडाउनसम्बन्धी निर्णय भएको प्रशासन स्रोतले जनाएको छ ।
१७ गते बिहान ६ बजेदेखि सुरु हुने जिल्लाव्यापी लकडाउन २५ गते बेलुका ६ बजेसम्म कायम रहने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घराज पौडेलले जानकारी दिए । अत्यावश्यक वस्तुका लागि बिहान ७ देखि ८ बजेसम्म मात्र पसल खोलिने उनले बताए ।
राजमार्गमा लामो दूरीका सवारी साधन सञ्चालन हुने भए जिल्लाभरका अन्य सबै सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण