कोभिडका कारण अर्थ मन्त्रालय प्रवेशमा रोक, मन्त्रीले बन्द गरे भेटघाट
बुधबार, १५ वैशाख २०७८, १३ : ०७
काठमाडौं । कोरोनाको त्रास बढ्दै गएपछि अर्थ मन्त्रालयले आगन्तुकलाई गेटमै रोक्न थालेको छ । अर्थ मन्त्रालय बजेट निर्माणमा व्यस्त हुँदै गर्दा बजेट सम्बन्धि विभिन्न सुझाव लिएर पुग्नेहरुलाई पनि मन्त्रालय भित्र छिर्न दिइएको छैन ।
अर्थ मन्त्रालयका एक अधिकारीले अर्थमन्त्रीले दिउँसो २ देखि ४ बजेसम्मको समय भेटघाट गर्ने भएपनि अहिले त्यो रोकिएको बताएका छन् । कर्मचारीहरु नै एक अर्कालाई अत्यावश्यक काम बाहेक भेट्न जाँदैनन् ।
मन्त्रालय आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेट निर्माणमा छ । अबको एक महिनामा बजेट पेश हुनेछ । अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि बजेट सम्बन्धि सुझाव मागेका छन् । हालसम्म उनको व्यक्तिगत फेसबुकबाट मागिएको सुझावमा ९ सय ९४ जनाले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण