‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलाका ९ जना विजयी घोषणा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलामा ९ जना विजयीहरुको नाम घोषणा भएको छ ।
एफवान सफ्टको सहकार्यमा संचालन भइरहेको ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका ९ जना विजयीहरुको नाम बुधबार एक समारोहका बीच घोषणा भएको हो ।
सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइल्याण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाउन सफल भएका छन् । यसैगरी, अन्य ८ जना तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी एम०१ कोर ब्रान्डको १–१ थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । रा.वा. बैंकसँग खाता खोली मोवाइल बैंकिङ्गबाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था भएको पनि बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण