शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलाका ९ जना विजयी घोषणा

बुधबार, १५ वैशाख २०७८, १४ : १५
बुधबार, १५ वैशाख २०७८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलामा ९ जना विजयीहरुको नाम घोषणा भएको छ । 

एफवान सफ्टको सहकार्यमा संचालन भइरहेको ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका ९ जना विजयीहरुको नाम बुधबार एक समारोहका बीच घोषणा भएको हो ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइल्याण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाउन सफल भएका छन् । यसैगरी, अन्य ८ जना तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी एम०१ कोर ब्रान्डको १–१ थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । रा.वा. बैंकसँग खाता खोली मोवाइल बैंकिङ्गबाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था भएको पनि बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप