सीजी एयर कुलरहरु बजारमा, नेपालकै सबैभन्दा धेरै रेन्ज क्षमता
काठमाडौं । इलेक्ट्रोनिक्स जगतमा नेपालकै सबैभन्दा ठूलो ब्रान्ड सी.जी.ले गर्मी यामलाई मध्यनजर गरेर विभिन्न एयर कुलरहरु बजारमा उपलब्ध गराएको छ ।
बढ्दो गर्मीलाई सहज तरिकाले काट्न सी.जी.ले चार प्रकारमा विभिन्न साइजमा एयर कुलरहरु ल्याएको छ । जस अन्तर्गत डेर्जट कुलर, टावर कुलर, पर्सनल कुलर र विन्डो कुलर रहेका छन् । यी कुलरहरुलाई अझै सहज रुपमा चलाउन यसमा रिमोटको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यी कुलरहरुमा रहेको कन्सिल कपर मोटरले मोटरलाई पाताले पुरै छोपेर राखिएको हुन्छ, जसकारण पानीको चुहावट भएमा पनि केही हानी गर्दैन । अब यी कुलरहरु बत्ति नभएको बेलामा पनि इन्भर्टरको सहायताले सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै यसमा आल्मुनियम ब्लेड, हनिकम प्याड, कार्बन फिल्टर, भिटामीन सि फिल्टर, डस्ट फिल्टर नेट आदी जस्ता विशेषताहरु रहेका छन् । यसमा पावरफुल मोटरको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यी एयर कुलरहरुले हावालाई विभिन्न तरिकाले छरिएर चिसो बनाई आनन्दको महसुस गराउँदछ । सी.जी. ले यी कुलरहरुमा १२ महिनाको वारेन्टी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी
-
सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय
-
प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भोलि
-
भोलि बेलुकासम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने, अहिलेसम्म छैन सुरसार
-
फिफाको आलोचना गर्नुको सट्टा ध्यान, प्रार्थना वा फुटबल हेर्नुहोस् : अध्यक्ष इन्फान्टिनो
-
नेपाल एसबिआई बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा चार वटा अवार्डबाट सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण