आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उपत्यकामा बिना काम सडकमा निस्किएका १५ सय जना होल्डिङ जोनमा

बिहीबार, १६ वैशाख २०७८, १२ : १६
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा बिनाकाम सडकमा निस्कने करिब १५ सय जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ ।  काठमाडौंमा ६ सय ७० जना, ललितपुरमा ५ सय ७२ जना र भक्तपुरमा १ सय ७५ जनालाई होल्डिङ जोनमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

निषेधाज्ञाको बेवास्ता गरेर सडकमा निस्केकालाई होल्डिङ जोनमा राखेर सम्झाई बुझाई गरिएको महानगरीय प्रहरी कार्यालयका प्रहरी कार्यालयका एसपी सुशील सिंह राठौरले रातोपाटीलाई बताए ।  प्रहरीले उपत्यकाका प्रत्येक चोकमा होल्डिङ जोन बनाएको छ । बिनाकाम निस्कनेलाई कोरोनाबारे सचेत गराइएको र मास्क नलगाउनेलाई मास्क वितरण गरिएको एसपी राठौरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप