उपत्यकामा बिना काम सडकमा निस्किएका १५ सय जना होल्डिङ जोनमा
बिहीबार, १६ वैशाख २०७८, १२ : १६
काठमाडौं । काठमाडौं उपत्यकामा बिनाकाम सडकमा निस्कने करिब १५ सय जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ । काठमाडौंमा ६ सय ७० जना, ललितपुरमा ५ सय ७२ जना र भक्तपुरमा १ सय ७५ जनालाई होल्डिङ जोनमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
निषेधाज्ञाको बेवास्ता गरेर सडकमा निस्केकालाई होल्डिङ जोनमा राखेर सम्झाई बुझाई गरिएको महानगरीय प्रहरी कार्यालयका प्रहरी कार्यालयका एसपी सुशील सिंह राठौरले रातोपाटीलाई बताए । प्रहरीले उपत्यकाका प्रत्येक चोकमा होल्डिङ जोन बनाएको छ । बिनाकाम निस्कनेलाई कोरोनाबारे सचेत गराइएको र मास्क नलगाउनेलाई मास्क वितरण गरिएको एसपी राठौरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण