जनताका गुनासा सम्बोधन गर्न सीसीएमसीद्वारा संयन्त्र गठन
काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सीसीएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
उनका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सीसीएमसीले अनुरोध गरेको छ ।
यसैगरी विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेबसाइट ccmc.gov.np रहेको फारम भर्न अनुरोध गरिएको छ । यसरी सङ्क्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यकामा वैशाख मसान्तसम्म बन्दाबन्दीको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई खुकुरी प्रहार गरेको आरोपमा ९ जना पक्राउ
-
अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु
-
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
-
संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिन कांग्रेससँग राप्रपाको माग
-
चिप्स खाने च्यालेन्जमा किशोरको मृत्यु
-
संसद् भवन अगाडि गृहमन्त्रीको विरोधमा नेविसंघको प्रदर्शन, ११ जना पक्राउ (तस्बिरहरू)