जनताका गुनासा सम्बोधन गर्न सीसीएमसीद्वारा संयन्त्र गठन
काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सीसीएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
उनका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सीसीएमसीले अनुरोध गरेको छ ।
यसैगरी विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेबसाइट ccmc.gov.np रहेको फारम भर्न अनुरोध गरिएको छ । यसरी सङ्क्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यकामा वैशाख मसान्तसम्म बन्दाबन्दीको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण