अर्घाखाँचीको जङ्गलमा एक पुरूष मृत फेला
बिहीबार, १६ वैशाख २०७८, १७ : ४७
बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । शितगंगा नगरपालिका १३ देउरालीको जङ्गलमा सोही नगरपालिका ४ का ६१ वर्षीय दुर्गा बहादुर विक मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घरबाट हराएको एक महिनापछि विक जङ्गलमा मृत फेला परेका हुन् ।
विकको शव गोठालाले देखेपछि इलाका प्रहरी कार्यालय ठाडामा खबर गरेका थिए । सबलाई पोष्टमार्टमका लागि सदरमुकाम सन्धिखर्क जिल्ला अस्पताल पठाइएको छ । शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । पाँच वर्षअघि भारतबाट आएका उनी भान्जा इन्द्रबहादुर विकको घरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका छन् : प्रधानमन्त्री
-
वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने
-
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
-
मधेस प्रदेश : ९ महिनामा १४ ठाउँमा डाँकाचोरी
-
‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित
-
२८ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण