बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उद्योग मन्त्रालयलाई १० प्रतिशत बढी बजेट

शुक्रबार, १७ वैशाख २०७८, १० : २८
शुक्रबार, १७ वैशाख २०७८

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफुले पाएको बजेट सिलिङमै रहेर अर्थमन्त्रालयमा बजेट प्रस्ताव गरेको छ । मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले आफुहरुले ११ अर्ब रुपैयाँको बजेट सिलिङ पाएको जनाएका छन् । उनका अनुसार सोही भित्र रहेर आफुहरुले कार्यक्रम तथा योजना प्रस्ताव गरिसकेको बताएका छन् । रेग्मीले अहिले पाएको बजेट सिलिङ चालु आर्थिक वर्षमा उद्योगले पाएको बजेट भन्दा १० प्रतिशत बढी भएको बताए । उनले भने, ‘नयाँ कार्यक्रम प्रस्ताव गरेनौ, पुरानैलाई निरन्तरता दिने गरी बजेट विनियोजन गरिदिन भनेका छौ ।’

अर्थमन्त्रालयले सबै मन्त्रालयलाई नयाँ कार्यक्रम तथा योजना माग नगर्न पटक पटक भन्दै आएको छ । मन्त्रालयलहरुले पनि सोही बमोजिम बजेटको प्रस्ताव गरेका छन् । 

साथै अहिलेको निषेधाज्ञाले उद्योग क्षेत्रमा खासै प्रभाव नपार्ने प्रवक्ता डा.रेग्मीको भनाइ छ । सरकारले सबै क्षेत्र ठप्प गरेको नभइ मानवीय भीड मात्र नियन्त्रण गर्न खोजेको तर उद्योग बन्द गर्न नखोजिएको उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप