उद्योग मन्त्रालयलाई १० प्रतिशत बढी बजेट
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफुले पाएको बजेट सिलिङमै रहेर अर्थमन्त्रालयमा बजेट प्रस्ताव गरेको छ । मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले आफुहरुले ११ अर्ब रुपैयाँको बजेट सिलिङ पाएको जनाएका छन् । उनका अनुसार सोही भित्र रहेर आफुहरुले कार्यक्रम तथा योजना प्रस्ताव गरिसकेको बताएका छन् । रेग्मीले अहिले पाएको बजेट सिलिङ चालु आर्थिक वर्षमा उद्योगले पाएको बजेट भन्दा १० प्रतिशत बढी भएको बताए । उनले भने, ‘नयाँ कार्यक्रम प्रस्ताव गरेनौ, पुरानैलाई निरन्तरता दिने गरी बजेट विनियोजन गरिदिन भनेका छौ ।’
अर्थमन्त्रालयले सबै मन्त्रालयलाई नयाँ कार्यक्रम तथा योजना माग नगर्न पटक पटक भन्दै आएको छ । मन्त्रालयलहरुले पनि सोही बमोजिम बजेटको प्रस्ताव गरेका छन् ।
साथै अहिलेको निषेधाज्ञाले उद्योग क्षेत्रमा खासै प्रभाव नपार्ने प्रवक्ता डा.रेग्मीको भनाइ छ । सरकारले सबै क्षेत्र ठप्प गरेको नभइ मानवीय भीड मात्र नियन्त्रण गर्न खोजेको तर उद्योग बन्द गर्न नखोजिएको उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण