बेलायतमा कोरोनाबाट २४ घन्टामा थप ७ जनाको मृत्यु
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अझै पनि आंशिक रुपमा लकडाउन रहेको बेलायतमा दुई हप्ता अर्थात मे १७ तारिखबाट लकडाउन पूर्ण रुपमा खोल्ने सरकारले घोषणा गरेको छ । तर, लकडाउन खुल्ला गर्नको लागि कोरोना संक्रमण, मृत्यु दर र अस्पतालमा भएका विरामीको अवस्थालाई मध्यनजर गरिने बताए अनुसार नै सबै कुरामा कमी हुँदै गइरहेको छ । पछिल्लो तथ्यांकका आधारमा दुई हप्तापछि लकडाउन खुल्नेमा सबै विश्वस्त छन् । तर, वैज्ञानिकहरुले भने विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण तीव्र रुपमा बढेकोले ढुक्क नहुन आग्रह गरेका छन् । बेलायतमा कोरोनाबाट हालसम्म एक लाख २७ हजार ५२४ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ९०७ जना संक्रमित भएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख १८५३० पुगेको छ । बेलायतमा सक्रिय संक्रमितको संख्या ७२ हजार ८३४ छ भने ४२ लाख १८ हजार १७२ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमी आएको छ । शनिबार सार्वजनिक तथ्याँकअनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या १८५ छ । त्यस्तै, पछिल्लो तथ्याँकअनुसार १६० संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार ४५१ छ ।
४ करोड ९२ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ९२ लाख ८७ हजार २५७ डोज वितरण भएको छ । तीन करोड ४३ लाख ४६ हजार २७३ जनाले खोपको पहिलो र एक करोड ४९ लाख ४० हजार ९८४ जनाले दोस्रो डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण