शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तमिलनाडुमा स्टालिन उदाए

आइतबार, १९ वैशाख २०७८, १५ : ०६
आइतबार, १९ वैशाख २०७८

एजेन्सी । तमिलनाडूमा एमके स्टालिनको जादु चलिरहेको छ । आइतबार बिहान १२ बजेर ३० जाँदासम्म द्रविड राजनीतिको मास्टर मानिएको (द्रविड मुन्नेत्र कजगम) डिएमके नेतृत्वको गठबन्धन कुल २ सय ३४ मध्ये १ सय ३८ सिटमा अघि छ । यता एआईएडिएमके र भाजपाको गठबन्धनलाई १ सय सिटको आँकडा छुन पनि मुस्किल परिरहेको छ । 

तामिलनाडूमा धेरै दशकपछि पहिलो पटक करुणानिधी र जयललिताको अनुपस्थितिमा चुनाव भएको हो । यस्तोमा डिएमकेको यस्तो अग्रतासँगै यी दिग्गज नेताहरुपछि स्टालिन यस राज्यका सबैभन्दा लोकप्रिय नेताका रुपमा स्थापित हुने देखिएको छ । 

करुणानिधी र जयललिता दुबै राजनीतिसँगै फिल्मका सेलिब्रेटी पनि थिए । त्यसैले द्रविड राजनीतिमा स्टालिनलाई पहिलो गैर फिल्मी हिरो मानिएको छ ।  डिएमकेका एमके स्टालिन र एआईए डिएमकेका पलानीस्वामीबाहेक एनटिकेका के सीमान, एमएनएमका कमल हसन र एएमएमकेका टिटिवी दिनाकरणलाई राज्यको मुख्यमन्त्री पदको प्रत्यासी ठानिएको थियो । 

तर विश्लेषकहरुले डिएमके नै सत्तामा आउने प्रक्षेपण गरेका छन् । ६ वटा एक्जिट पोलमध्ये सबैको प्रक्षेपण यस्तै छ ।  यसअघि सन् २०१६ मा भएको पछिल्लो निर्वाचनमा जय ललिताको एआईएडिएमकेले कुल २ सय ३४ सिटमध्ये १ सय ३४ सिट जितेको थियो । जयललिता दोस्रोपटक मुख्यमन्त्री बनेकी थिइन् । त्यस निर्वाचनमा डिएमके करुणानिधिको नेतृत्वमा थियो, उसले केवल ९८ सिट जितेको थियो । 

एआईएडिएमकेको नेतृत्व पलानीस्वामीमा 

५ डिसेम्बर २०१६ मा जयललिताको निधनपछि पनीरसेल्वमलाई मुख्यमन्त्री बनाइयो । तर उनी केवल ७३ दिनमात्रै सत्तामा टिके । १६ डिसेम्बर २०१७ मा ई पलानीस्वामी राज्यका मुख्यमन्त्री बने । यसपछि एआईडिएमके उनकै नेतृत्वमा छ । 

पुड्डुचेरीमा एनडिए अघि 
केन्द्र शासित प्रदेश पुड्डुचेरीमा एआईएनआरसी र भाजपाको गठबन्धन अर्थात् एनडिनए अघि छ । ३० विधानसभा सिटको पुड्डुचेरीमा पछिल्लो परिणामअनुसार एन रंगास्वामीको एआईएनआरसी र भाजपा गठबन्धनले ११ सिटमा अग्रता लिएको छ । विपक्षी कांग्रेस–डिएमके गठबन्धन ४ सिटमा अघि छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप