तमिलनाडुमा स्टालिन उदाए
एजेन्सी । तमिलनाडूमा एमके स्टालिनको जादु चलिरहेको छ । आइतबार बिहान १२ बजेर ३० जाँदासम्म द्रविड राजनीतिको मास्टर मानिएको (द्रविड मुन्नेत्र कजगम) डिएमके नेतृत्वको गठबन्धन कुल २ सय ३४ मध्ये १ सय ३८ सिटमा अघि छ । यता एआईएडिएमके र भाजपाको गठबन्धनलाई १ सय सिटको आँकडा छुन पनि मुस्किल परिरहेको छ ।
तामिलनाडूमा धेरै दशकपछि पहिलो पटक करुणानिधी र जयललिताको अनुपस्थितिमा चुनाव भएको हो । यस्तोमा डिएमकेको यस्तो अग्रतासँगै यी दिग्गज नेताहरुपछि स्टालिन यस राज्यका सबैभन्दा लोकप्रिय नेताका रुपमा स्थापित हुने देखिएको छ ।
करुणानिधी र जयललिता दुबै राजनीतिसँगै फिल्मका सेलिब्रेटी पनि थिए । त्यसैले द्रविड राजनीतिमा स्टालिनलाई पहिलो गैर फिल्मी हिरो मानिएको छ । डिएमकेका एमके स्टालिन र एआईए डिएमकेका पलानीस्वामीबाहेक एनटिकेका के सीमान, एमएनएमका कमल हसन र एएमएमकेका टिटिवी दिनाकरणलाई राज्यको मुख्यमन्त्री पदको प्रत्यासी ठानिएको थियो ।
तर विश्लेषकहरुले डिएमके नै सत्तामा आउने प्रक्षेपण गरेका छन् । ६ वटा एक्जिट पोलमध्ये सबैको प्रक्षेपण यस्तै छ । यसअघि सन् २०१६ मा भएको पछिल्लो निर्वाचनमा जय ललिताको एआईएडिएमकेले कुल २ सय ३४ सिटमध्ये १ सय ३४ सिट जितेको थियो । जयललिता दोस्रोपटक मुख्यमन्त्री बनेकी थिइन् । त्यस निर्वाचनमा डिएमके करुणानिधिको नेतृत्वमा थियो, उसले केवल ९८ सिट जितेको थियो ।
एआईएडिएमकेको नेतृत्व पलानीस्वामीमा
५ डिसेम्बर २०१६ मा जयललिताको निधनपछि पनीरसेल्वमलाई मुख्यमन्त्री बनाइयो । तर उनी केवल ७३ दिनमात्रै सत्तामा टिके । १६ डिसेम्बर २०१७ मा ई पलानीस्वामी राज्यका मुख्यमन्त्री बने । यसपछि एआईडिएमके उनकै नेतृत्वमा छ ।
पुड्डुचेरीमा एनडिए अघि
केन्द्र शासित प्रदेश पुड्डुचेरीमा एआईएनआरसी र भाजपाको गठबन्धन अर्थात् एनडिनए अघि छ । ३० विधानसभा सिटको पुड्डुचेरीमा पछिल्लो परिणामअनुसार एन रंगास्वामीको एआईएनआरसी र भाजपा गठबन्धनले ११ सिटमा अग्रता लिएको छ । विपक्षी कांग्रेस–डिएमके गठबन्धन ४ सिटमा अघि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण