बेलायतमा कोरोनाबाट नौ महिनायताकै कम मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या गतवर्ष अगष्ट ३० पछिकै पहिलोपल्ट सबैभन्दा कम भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण एक जनाको मात्र ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन १४ जना संक्रमितको मृत्यु भएको थियो ।
बेलायतमा कोरोनाबाट हालसम्म एक लाख २७ हजार ५२५ जनाको मृत्यु भइसकेको छ । यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ६४९ जना संक्रमित भएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख २१ हजार ८५० पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ७० हजार ४५० रहेको छ भने ४२ लाख २३ हजार ८६१ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
सोहि तथ्याँकअनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख २१ हजार नाघेको छ । कोभिडको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख २० हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख ११ हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण