बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट नौ महिनायताकै कम मृत्यु

सोमबार, २० वैशाख २०७८, २३ : ००
सोमबार, २० वैशाख २०७८

लन्डन ।  बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या गतवर्ष अगष्ट ३० पछिकै पहिलोपल्ट सबैभन्दा  कम भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण एक जनाको मात्र ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन १४ जना संक्रमितको मृत्यु भएको थियो ।

बेलायतमा कोरोनाबाट हालसम्म एक लाख २७ हजार ५२५ जनाको मृत्यु भइसकेको छ । यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ६४९ जना संक्रमित भएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख २१ हजार ८५०  पुगेको छ । बेलायतमा  हाल सक्रिय संक्रमितको संख्या ७० हजार ४५० रहेको छ भने ४२ लाख २३ हजार ८६१ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

सोहि तथ्याँकअनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख २१ हजार नाघेको छ । कोभिडको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख २० हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख ११  हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप