कविता : कार्ल मार्क्सलाई सलाम
देख्छु
केही हुल मान्छेहरू बीच
त्यो तस्बिर सजाइएको हुन्छ
उसलाई सिँगरपटार गरिएको हुन्छ
कि सती जान तयार एक नारीझैँ
आखिर सती र
त्यो तस्बिरबीच के भिन्नता ??
एउटा जिउँदो शरीर जल्नु मात्र सती हैन
मानौँ
उसको मन्त्रले मन्दिर ठड्याएर
उसका विरोधी भजनले उसलाइ पुकार्नु
उसका बाटोलाई नराम्ररी भत्काउँदै
उसका सिद्धान्तलाई कुल्चेर
उसका सपना कसैले नभेट्ने गरी मोडिदिनु
र उसैको अस्तित्व मेटाउँदै
जय प्रभु तिमी भन्नु पनि त
सती बनाउनु सरह न हो ।
बोल्नेले के बोले ??
नेताले के भने ??
तर... म देख्छु
आखिर
त्यो तस्बिरलाई उसको विचारसँगै
सती जस्तै बनाई जलाएर नै छाडे
हो, सयौँ देशमा सयौँ भाषाले
उसलाई सम्बोधन हुन्छ
तर उसको सपना त एउटै थियो
ऊ त एक विशाल सपनाका माझ लड्दै थियो
उसले आकशको त्यो बिन्दु देखेको थियो
त्यहाँ कहीँ सूर्य थिएन
त्यहाँ कहीँ जुन थिएन
त्यहाँ कहीँ तारा थिएन
त्यहाँ कहीँ मालिक सर्वहारा थिएन
जूनले ताराको प्रकाशमा आश्वित हुनुपर्ने थिएन
त्यहाँ सबै समान थिए
सबै आआफू पोख्त थिए
झन उसको सपनामा त
हसिया हथौडा समात्ने हातले
झन्डा मात्र हैन विश्वलाई मुठ्ठीमा समाउँदै थिए
तर जसरी उसको बाल फुलेर झरेछ
त्यसैगरी उसको आदर्श पनि ओइलिएर गएछ
र आज विश्वमा एक ठगिखाने भाँडा जस्तै बनेको छ
तै पनि तिमी जन्मेको २०३ वर्षमा
म तिम्रो सपनामा कटिबद्ध छु
लामबद्ध छु
अन्त्यमा तिमीलाई
रक्तिम सलाम क. कार्ल मार्क्स
–जुम्ला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण