दिल्लीलाई थप दुई करोड ६० लाख खोप आवश्यक : केजरीवाल
एजेन्सी । दिल्लीले १८ वर्ष माथिका व्यक्तिलाई आगामी तीन महिनाभित्र कोभिड–१९ विरूद्धको खोप अभियान सम्पन्न गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार बताएका छन् । दिल्ली प्रशासनलाई थप दुई करोड ६० लाख कोभिड–१९ विरूद्धको खोप आवश्यक रहेको पनि उनले बताए ।
उनले भने, “यदि हामीले खोपको पर्याप्त मात्रा पायौं भने तीन महिनाभित्र खोप पूरा गर्न सक्दछौँ । दिल्लीमा १८ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या एक करोड ५० लाख छ । दिल्लीमा कूल तीन करोड खोप आवश्यक रहेकोमा राज्य सरकारसँग ४० लाख खोप उपलब्ध रहेको र बाँकी दुई करोड ६० लाख मात्रा आवश्यक रहेको छ । सरकारले खोपको जोहो गरिरहेको छ ।”
मुख्यमन्त्रीले भने, “हाल दिल्लीले एक दिनमा एक लाख मानिसलाई खोप लगाइरहेको छ तर सरकारले यसलाई बढाएर प्रतिदिन तीन लाख खोप लगाउने योजना बनाइरहेको छ । छिमेकी शहरहरू फरीदाबाद, गाजियाबाद, सोनीपत, गुडगाउँ, नोएडाका धेरै मानिसहरूले दिल्ली सरकारको खोप व्यवस्थापनलाई मन पराएका कारण खोपका लागि दिल्ली आउने गरेका छन् । जे होस् हामीलाई खोपको पर्याप्त मात्रा उपलब्ध भएमा तीन महिनामा राष्ट्रिय राजधानीको सम्पूर्ण व्यक्तिलाई खोप लगाइ सक्नेछौँ ।”
दिल्लीले हाल १८–४४ वर्ष उमेर समूहका व्यक्तिलाई विभिन्न १०० विद्यालयसहित अस्पतालबाट खोप सेवा उपलब्ध गराइरहेको छ । यस सेवालाई केही दिनमा नै ३०० विद्यालयबाट सञ्चालन गर्ने तयार मुख्यमन्त्री केजरीवालले बताए । राज्यले सोचेअनुसार खोप अभियान पूरा गर्न दिल्लीका लागि मासिक ८० देखि ८५ लाख खोप उपलब्ध हुनुपर्ने देखिन्छ ।
मुख्यमन्त्री केजरीवालले बालबालिकालाई खोप दिन नसकिएकोमा चिन्ता व्यक्त गर्दै भने, “मैले केन्द्र सरकारसँग पर्याप्त खोप उपलब्ध गराउनका लागि आग्रह गरेको छु । साथै बालबालिकालाई अहिले खोप लगाउन सकिएको छैन । म केन्द्र सरकार तथा विज्ञहरुसँग आग्रह गर्दछु कि छिट्टै उनीहरूका लागि पनि खोप तयार होस् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण