बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा माधव नेपालसँग पौडेल र नेम्वाङको छलफल जारी

आइतबार, २६ वैशाख २०७८, १६ : ३६
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको सामूहिक राजीनामा रोक्न वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ताका लागि दुई नेता सिंहदरबार पठाएका छन् ।  खनाल नेपाल पक्षले सामुहिक राजीनामाको तयारी गरेर सिंहदरबार भेला भइरहेका बेला ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल सिंहदरबार पुगेका हुन् ।

अहिले संसद सचिवालयमा नेता नेपालसँग पौडेल र नेम्वाङले वार्ता गरिरहेका छन् ।  छलफलमा पौडेल र नेम्वाङले राजीनामा रोक्न आग्रह गरेको बुझिएको छ ।  ओलीले विश्वासको मत लिने समय नजिकिएसँगै एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप