धनुषामा थप ३ कोरोना संक्रमितको मृत्यु
आइतबार, २६ वैशाख २०७८, १९ : १३

जनकपुर । धनुषामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको प्रादेशिक कोभिड अस्पतलामा भर्ना भएका २ पुरुष र एक महिलासहित ३ जना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमित भई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भई उपचार गराइरहेका ३ जनाको मृत्यु भएको प्रादेशिक कोभिड अस्पताल जनकपुरधामका प्रवक्ता डा.मनिष पाण्डेयले जानकारी दिए ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगर लादोबेला बस्ने ४२ वर्षीय महिला, जनकपुरधामकै ६५ वर्षीय पुरुष र वीरगञ्ज बस्ने ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको डा.पाण्डेयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण