धनुषामा थप ३ कोरोना संक्रमितको मृत्यु
आइतबार, २६ वैशाख २०७८, १९ : १३
जनकपुर । धनुषामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको प्रादेशिक कोभिड अस्पतलामा भर्ना भएका २ पुरुष र एक महिलासहित ३ जना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमित भई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भई उपचार गराइरहेका ३ जनाको मृत्यु भएको प्रादेशिक कोभिड अस्पताल जनकपुरधामका प्रवक्ता डा.मनिष पाण्डेयले जानकारी दिए ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगर लादोबेला बस्ने ४२ वर्षीय महिला, जनकपुरधामकै ६५ वर्षीय पुरुष र वीरगञ्ज बस्ने ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको डा.पाण्डेयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण