शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मदर्स डे स्पेशल : बलिउडका यी फिल्ममा देख्न सकिन्छ आमाको प्रेम

मङ्गलबार, २८ वैशाख २०७८, १५ : २९
मङ्गलबार, २८ वैशाख २०७८

मुम्बई । भनिन्छ, भगवान हरेक स्थानमा पुग्न सक्दैनन् । त्यसैले उनले आमा बनाएका हुन् । हुन पनि हो बच्चालाई चोट लाग्यो भने उसको मुखबाट निस्कने पहिलो शब्द हो  आमा । आमा शब्द मुखबाट निस्कने बित्तिकै एक किसिमको अनौठो सुखको अनुभूति हुने गर्दछ । सोही कारण पनि आमा र बच्चाको सम्बन्धलाई सम्मान दिँदै हरेक वर्ष आजकै दिन अर्थात मे ११ तारिकमा ‘मदर्स डे’ सेलिब्रेसन गर्ने गरिन्छ ।

‘मदर्स डे’ को सुरुवात अमेरिकाबाट भएको हो । आमालाई सम्मानित गर्ने यो दिनको सुरुवातको आइडिया राम्रो लागेर होला अहिले विश्वमा यो दिन मनाउने गरिन्छ । बलिउडमा धेरै फिल्म निर्माण भएको छ । जसमा मातृत्व पाठ पढाइएको छ, आमाको शक्ति र ममता दर्साइएको छ । अहिले हामी बलिउडका केही फिल्मको चर्चा गर्दैछौ । जसमा आमाको प्रेम देखाइएको छ । 

मदर इन्डिया 


मदर्स डेमा फिल्मको चर्चा गर्ने हो ‘मदर इन्डिया’ को नाम छुटाउन मिल्दैन । १९५७ मा बनेको फिल्म एक आमाले धेरै मुस्किलमा बच्चाको पालनपोषण गरेको विषयलाई कथा बनाइएको छ । बच्चाको पालनपोषणमा आमाले अनेक दुःख कष्टको सामना गरेको फिल्ममा देख्न सकिन्छ ।

निल बटे सन्नाटा 

यो पनि आमाको प्रेमको बिषयमा बनेको फिल्म हो । जुन आमा आफैं घरमा काम गर्दछिन् तर बच्चाको सपना पुरा गर्न हर कोसिसमा लाग्छिन् । फिल्ममा आमाको भूमिका स्वरा भास्करले निर्वाह गरेकी थिइन् ।

वीर आर फ्यामली 

सन् २०१० मा आएको काजोल, करिना कपुर र अर्जुन रामपाल अभिनित फिल्म ‘वीर आर फ्यामली’ एक आमाको संघर्षको कहानीमा बनेको फिल्म हो । यो फिल्म त्यस्तो आमाको कथामा आधारित रहेर निर्माण भएको छ जसले तीन बच्चाको लागि जे गर्न पनि तयार रहन्छिन् । यसमा छोराछोरीका लागि श्रीमानको प्रेमिकालाई पनि एक्सेप्ट गरेको कथा समेत देख्न सकिन्छ ।

इग्लिंस विंगलिश 

स्वर्गीय अभिनेत्री श्रीदेवी अभिनित यो २०१२ को फिल्म हो । फिल्ममा एक आमाले एक्स्ट्रा मोडल श्रीमान् र छोरीसँग आफुलाई एडजस्ट गर्न गरेको संघर्ष देखाइएको छ । यसमा उनले आफुलाई राम्रो बुहारी, पत्नी र आमा साबित गरेपनि अंग्रेजी कमजोरी भएको कारण परिवारबाट सहनुपरेको बिभिन्न यातना समेत देखाइएको छ । यस फिल्मले श्रीदेवीको तर्फबाट हरेक आमाको सन्देश प्रस्तुत गरिएको छ ।

सिक्रेट सुपरस्टार 


२०१७ मा आएको यो फिल्म एक अर्डिनरी बच्चाको कहानीमा बनेको छ । यसमा आमाको भूमिका पनि यस्तो देखाइएको छ । जसले बच्चाको खुसीका लागि पति र समाजसँग अनेक संघर्ष गर्छिन् । फिल्ममा आफ्नो बच्चाका लागि आमाले आफ्नो जिन्दगी नै जोखिममा पारेको देख्न सकिन्छ ।

मोम 

सन् २०१७ मा बनेको श्रीदेवी अभिनित यो फिल्म पनि आमाको बिषयमा बनेको हो । एक आमाले आफ्नो बच्चामाथि भएको अत्याचारको बदला लिएको कथामा फिल्मले प्रस्तुत गर्दछ ।

बदला  


तापसी पन्नु, अमिताभ बच्चन अभिनित फिल्म ‘बदला’ पनि आमाको कथामा बनेको छ । फिल्ममा मुख्य भूमिका तापसीले निर्वाह गरेकी छन् । जसको एक गल्तीले एक बच्चाको मृत्यु हुन्छ । तपसीको कारणले जुन बच्चाको निधन हुन्छ । उसको आमाको भूमिका अमृता सिंहले निभाएकी छन् । फिल्ममा अमृताले छोराको मृत्युको बदला लिएको कथा समेटिएको छ । आमाको अनेक रुप फिल्ममा देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप