सरकारको मात्र भर नपरौँ, डरलाग्दो अवस्था सृजना भैसक्यो : वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले कोरोना महामारीका कारण मुलुकमा डरलाग्दो अवस्था सृजना भएको बताएका छन् । कोरोना संक्रमणको जोखिम ह्वात्तै बढिरहेका बेला नेता पुनले सरकारले सम्पूर्ण प्रयत्न अक्सिजनको उत्पादन, बितरण र समन्वयमा लगाउन अति आवश्यक भैसकेको बताए ।
बुधबार सामाजिक सञ्जालमार्फत नेता पुनले भनेका छन्- ‘राजधानीमा रहेका ठुला ठुला अस्पतालले अक्सिजनका कारणले बिरामी लिन नसक्ने घोषणा गरेका छन् । त्यतिमात्र होइन उपचाररत बिरामी पनि राख्न नसक्ने बताइरहेका छन् । कति डरलाग्दो अवस्था छ ? प्रधानमन्त्री स्थिति नियन्त्रणमा छ भनिरहेका छन् । स्वास्थ्यमन्त्री कमिसनको कुरा गरिरहेका छन् ।’
नेता पुनले यस्तो बेला सरकारको मात्र भरोसा गरेर बस्न नहुने बताएका छन् । उनले भनेका छन्- ‘स्वास्थ्य मन्त्रालयलाई अस्पतालमा उपचार क्षमता बाँकी रहेको बताउँदै मरेका र संक्रमितको आँकडा दिनमा फुर्सद छैन । यस्तो अवस्थामा सरकारको भरोसा मात्र भन्दा पनि राजनीति दल, भगिनी संगठन, नीजि क्षेत्र, संघ संगठन, बिदेशमा रहेका नेपाली दिदी बहिनी, दाजु भाइको विशेष सहयोग आवश्यक छ ।’
पूर्वमन्त्री समेत रहेका नेता पुनले कोरोना संकटसँग जुध्न सबैलाई आ–आफ्नो ढंगले क्रियाशील बन्न अनुरोध समेत गरेका छन् । उनले मंगलबार रोल्पाबाट उद्धार गरिएका श्यामबहादुर बुढालाई धेरै हारगुहार गरेर आईसीयुमा भर्ना गरिएको बताउँदै जुनसुकै अस्पतालमा जाँदा पनि अक्सिजन छैन भन्ने जवाफ पाएको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण