काठमाडौंका सिडिओ सवारी अनुगमनमा
काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौंले विहिबार सवारी अनुगमन गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारी सहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो ।
निषेधाज्ञामा काठमाडौंका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयम् सडकमा निस्किएको हो । अनुगमनको क्रममा सवारी पासको दुरुपयोग गरेको पाईएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
सवारी साधनहरुले अस्पतालको पास अगाडि राख्ने र भित्र अरु नै सामाग्री राखेर सुरक्षा निकायलाई झुक्याएको भेटिएको उनले बताए । उनले सुरक्षाकर्मीलाई झुक्याएर सवारी पासको दुरुपयोग गर्ने र अनावश्यक रुपमा आवागमन गर्नेहरूमाथि चेकजाँच गरी कारवाही गरिने बताए । उनले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताए ।
सुरक्षा निकायका अधिकारीसहितको जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, कोटेश्वर, नयाँ बानेश्वर बबरमहल, सोह्रखुट्टे लगायत स्थानको अनुगमन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण