काठमाडौंका सिडिओ सवारी अनुगमनमा

काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौंले विहिबार सवारी अनुगमन गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारी सहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो ।
निषेधाज्ञामा काठमाडौंका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयम् सडकमा निस्किएको हो । अनुगमनको क्रममा सवारी पासको दुरुपयोग गरेको पाईएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
सवारी साधनहरुले अस्पतालको पास अगाडि राख्ने र भित्र अरु नै सामाग्री राखेर सुरक्षा निकायलाई झुक्याएको भेटिएको उनले बताए । उनले सुरक्षाकर्मीलाई झुक्याएर सवारी पासको दुरुपयोग गर्ने र अनावश्यक रुपमा आवागमन गर्नेहरूमाथि चेकजाँच गरी कारवाही गरिने बताए । उनले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताए ।
सुरक्षा निकायका अधिकारीसहितको जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, कोटेश्वर, नयाँ बानेश्वर बबरमहल, सोह्रखुट्टे लगायत स्थानको अनुगमन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
-
धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो
-
जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहको विरोध
-
चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
-
पाकिस्तानी हवाई क्षेत्र छलेर प्रमुख हवाई सेवा कम्पनी जहाज उडाउँदै
-
बागमतीको बजेट अधिवेशन जेठ ५ गते बोलाउन सिफारिस