सुनसरीबाट स्काई ट्रकमार्फत काठमाडौं ल्याइयो ६० सिलिन्डर अक्सिजन
बिहीबार, ३० वैशाख २०७८, १९ : ५१
काठमाडौं । सुनसरीबाट नेपाली सेनाको स्काई ट्रक प्रयोग गरेर ६० सिलिन्डर अक्सिजन काठमाडौं ल्याइएको छ । काठमाडौंमा अक्सिजनको चरम अभाव छ । सुनसरीबाट ल्याएको अक्सिजन कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत अस्पतालहरुलाई न्यायोचित वितरण गरिने गृह मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ संक्रमितको उपचारमा जीवन रक्षक अमृतको रुपमा रहेको अक्सिजनको आपूर्ति व्यवस्थापन चुनौतिपूर्ण बनेको गृह मन्त्रालयले जनाएको छ । आपूर्ति सहज बनाउन विशेष सक्रियताका साथ लागिपरेको मन्त्रालयको दावी छ ।
देशका ठुला शहरमा प्रहरीले तीब्रताका साथ अक्सिजन संकलन गरिरहेको छ । अस्पताल बाहेक अन्यत्र रहेका सिलिन्डर स्थानिय प्रशासन वा सुरक्षा निकायमा बुझाउन गृह मन्त्रालयले अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण