अक्सिजनको आवश्यकता परे यी नम्बरमा फोन गरौं
शुक्रबार, ३१ वैशाख २०७८, १५ : २५
काठमाडौँ । अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर सार्वजनिक गरेको छ । अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल हटलाइन नम्बर सार्वजनिक गरेको हो ।
मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । शुक्रबार बसेको सचिवस्तरीय बैठकले कोरोना संक्रमितहरुको उपचार गराइरहेका अस्पतालहरुले फोन गरेमा सहज आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण