रौतहटमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय
शुक्रबार, ३१ वैशाख २०७८, १५ : ५०

रौतहट । रौतहटमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बिहीबार बसेको बैठकले जेठ ७ गतेसम्म निषेधाज्ञाको समयावधि थप्ने निर्णय गरेको हो । यसअघि पहिलोपटक जारी भएको निषेधाज्ञाको समय आज राती १२ बजे सकिँदैछ । कोरोना संक्रमणको दर बढ्दै गएकोले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको समेत उनले बताए । बिहीबारसम्म जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ भने संक्रमितको संख्या ५९० पुगेको छ । अहिले जिल्लामा ४८६ जना सक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट : अस्ट्रेलियाले लाबुसेनलाई हटायो, युवा खेलाडीलाई मौका
-
कोहली र रोहितको युगपछि शुभमन र यशस्वीको धमाकेदार सुरुवात
-
नेतृत्वविहीन रास्वपा तेस्रो स्थापना दिवस मनाउँदै, रविमाथि मुद्दाको चाङ
-
मनिष झालाई प्रश्न– रविले कतै बदमासी गरेजस्तो लागेको छैन ?
-
फ्लामेङ्गोसँगको हारले चेल्सी संकटमा
-
योगका ८ अंग