विराटनगरबाट काठमाडौं ल्याइयो ३ सय ५९ वटा अक्सिजन सिलिन्डर
शुक्रबार, ३१ वैशाख २०७८, २० : २०
काठमाडौं । काठमाडौंमा अक्सिजन हाहाकार भएपछि विराटनगरबाट काठमाडौंमा अक्सिजनको सिलिन्डर ल्याइएको छ । बिहीबार र शुक्रवार साँझसम्म नेपाली सेनाको ‘कासा’ एयरक्राफ्ट र ट्रकमार्फत ३ सय ५९ वटा सिलिन्डर काठमाडौं ल्याइएको हो ।
गृह मन्त्रालयको संयोजनमा सेनाको कासा एयरक्राफ्टले शुक्रवार ५९ वटा सिलिन्डर काठमाडौंमा ल्याएको छ । बिहिबार गाडीबाट २ सय ४९ वटा र एयरक्राफ्ट मार्फत ६० वटा सिलिन्डर विराटनगरबाट काठमाडौं ल्याइएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।
काठमाडौंमा ल्याएको सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित गरेर अस्पतालको आवश्यकताअनुसार वितरण गर्ने गरिएको छ । कोरोना संक्रमितको उपचारका लागि अमृत समान मानिएको अक्सिजन वितरणमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अस्पतालहरूका लागि कोटा तोकेर वितरण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण