प्रहरीद्वारा विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण
रौतहट प्रहरीले जिल्लास्थित विभिन्न अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रहरीले विभिन्न क्षेत्रबाट संकलन गरेको अक्सिजन सिलिन्डर अस्पतालहरूलाई हस्तान्तरण गरेको हो ।
प्रहरीले सहयोगमा प्राप्त गरेको ७.६ किलो तौल भएको ५० वटा अक्सिजनसहितको २९ थान सिलिन्डर र एउटा खाली गरी जम्मा ३० थान सिलिन्डर गौर अस्पताललाई दिएको एसपी सिद्धिविक्रम शाहले बताए । बाँकी २० थान खाली सिलिन्डर चन्द्रपुर नगरपालिका–२ स्थित सहिद स्मृति पार्कको अस्थायी कोभिड अस्पताललाई हस्तान्तरण गरिएको उनले बताए ।
कोरोनाभाइरसको संक्रमण भई उपचारार्थ विभिन्न अस्पतालमा भर्ना भएका बिरामीका लागि अक्सिजन सिलिन्डर अपुग हुन नदिन जिल्लाका उद्योग तथा पसलहरूबाट सहयोग मागेर ल्याइएको ती सिलिन्डर अस्पतालहरुलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । शनिबार साँझसम्म रौतहटमा कोरोना संक्रमितको कुल संख्या ६७६ पुगेको छ भने जिल्लामा संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण