सरकारद्वारा एक हजार सिलिन्डर फिर्ता
सरकारले विभिन्न ठाउँमा रहेका एक हजार २९२ अक्सिजन सिलिन्डर फिर्ता गरेको छ । उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिन्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
एक सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिन्डर फिर्ता गरिएको हो । नेपालमा अहिले एक लाख ११ हजार ३६४ सिलिन्डर ग्यास छन् । उनका अनुसार काठमाडौँ उपत्यकाका १० उद्योग र बाहिरका १९ उद्योगका ठूला ७२ हजार २५० र साना ३९ हजार ११४ सिलिन्डर छन् ।
यसैगरी देशभरि ३१ हजार आइसोलेशन सेन्टरको व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तीमध्ये एक हजार ५०० अक्सिजनसहितका आइसोलेशन सेन्टर छन् । उनका अनुसार सङ्क्रमितको उपचारका लागि १० हजार ८१२ सामान्य शय्या, हाइ डिपेन्डेन्सी (एचडियु) दुई हजार ५९०, एक हजार ६२३ सघन उपचार कक्ष (आइसियु) र ५९८ भेन्टिलेटर छन् ।
उनले हाल अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढदै गइरहेकाले संक्रमितलाई अक्सिजन र शय्या अभाव हुन नदिने प्रयास गरिएको जानकारी दिए । उनका अनुसार चीनको सिचुवान प्रान्तले सरकारलाई उपलब्ध गराउने स्वास्थ्य सामग्री यही जेठ ५ गते सिचुवान एयरलाइन्सको चार्टर कार्गो उडानबाट काठमाडौँ आइपुग्ने छ । सरकारले क्वारेन्टिनको नियम पालना नगर्ने देशभरका ४२ हजार ८२८ जनालाई कारवाही र सचेत गराइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० विश्वकपअघि यस्तो छ अमेरिकामा नेपाली टोलीको कार्यतालिका
-
‘राष्ट्रिय सभामा प्रतिनिधि सभाको छाया पर्न खोजेको आभास भयो’
-
रुखको हाँगा काट्दा पाँच हजार जरिवाना
-
फिजीका पूर्वप्रधानमन्त्रीलाई एक वर्षको जेल सजाय
-
निगमको जहाजको इन्जिन मर्मतमा ढिलाइ भएकोबारे छानबिन उपसमिति गठन
-
टिजरमा यस्तो देखियो निश्चल र साम्राज्ञी ‘लण्डन टु पेरिस’