कोरोनाबाट ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य श्रेष्ठको मृत्यु
कोरोना सङ्क्रमणका कारण नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठको निधन भएको छ । कोरोना सङ्क्रमणबाट स्वास्थ्यमा गम्भीर समस्य आएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको थियो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का श्रेष्ठको कोरोनाका कारण मङ्गलबार राति अस्पतालमा मृत्यु भएको उनका दाजु संविधानसभा सदस्य जीवन श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि भरतपुरको चितवन मेडिकल कलेजमा भेन्टिलेटरको सहायतामा उपचारकै क्रममा उनको मृत्यु भएको दाजु श्रेष्ठले बताए । श्रेष्ठ ब्याडमिन्टन संघ नवलपरासीका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायीसमेत रहेका थिए ।
कोरोना सङ्क्रमणका कारण हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ५८ जनाको मृत्यु भइसकेको छ । हाल जिल्लामा एक हजार ९७ जना सक्रिय कोरोना सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिए । चापागाईकाअनुसार पछिल्लो २४ घण्टामा १०७ जना कोरोना सङ्क्रमित थपिँदा ९७ जना निको भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण