बालुवाटार पुगेका ६ मन्त्री क्याबिनेट छाडेर बाहिरिए
सर्वोच्च अदालतले पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेका ७ जनालाई मन्त्री पदबाट मुक्त गर्ने आदेश जारी गरिरहेका बेला बालुवाटारमा मन्त्रिपरिषद बैठकको सुरसार चलिरहेको थियो । अदालतको बर्खास्तीमा परेकामध्ये रामबहादुर थापा बादलबाहेक ६ जना मन्त्रीहरु पनि बैठक कक्षमै थिए । त्यहीबेला फ्याट्ट सर्वोच्च अदालतले ७ मन्त्रीलाई पदमुक्त गरिदिएको खबर सनसनी फैलियो ।
‘त्यस्तो खबर सुनेपछि हामी मन्त्रिपरिषद बैठकमा सहभागी हुनु नैतिक दृष्टिले उचित लागेन’ बहिर्गमनमा परेका एक मन्त्रीले रातोपाटीसँग भने, ‘त्यसपछि हामी बैठकमा बसेनौँ, प्रधानमन्त्रीज्यूको निवास रहेको अर्को भवनमा गयौं र आन्तरिक छलफलमा जुट्यौँ ।’
सर्वोच्च अदालतले पदमुक्त गरेका ७ जनामध्ये रामबहादुर थापा बादल उप निर्वाचनको सिलसिलामा हेटौंडामा थिए । त्यहाँ उनले गृहमन्त्रीको हैसियतमा प्रहरी प्रशासनलाई कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशनसमेत दिइरहेका थिए ।
बाँकी ६ जना, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, दाबा लामा, लेखराज भट्ट र गौरीशंकर चौधरी बालुवाटारमा उपस्थित थिए । तर, उनीहरुले अदालतको आदेश सुनेपछि तत्कालै क्याबिनेट छाडेर अलग्गै छलफल गरेको एक मन्त्रीले बताए ।
ती मन्त्रीले भने, ‘मैले सर्वोच्चको आदेशको पूर्ण पाठ त हेरिसकेको छैन, केही साथीहरुले अदालतबाट मन्त्रीका रुपमा काम नगर्न मात्र भनिएको, तर मन्त्री बाटै हटाइएको होइन, भन्दै हुनुहुन्थ्यो, तर मैले क्याबिनेट बैठकमा बस्न उचित हुँदैन भन्ने ठानें र हामी सबैजना बाहिरियौं ।’
सर्वोच्च अदालतको आदेशपछि अब आफूहरुले छलफल गरेर अगाडिको बाटो तय गर्ने उनले बताए । अदालतको आदेशलाई उनले अप्रत्याशित बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण